मंसिर ६, २०७९ मंगलबार

प्रशान्त महासागर क्षेत्रको सोलोमन टापुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ ।

समाचार एजेन्सी रोयटर्सले सोलोमन टापुको प्रधानमन्त्रीको कार्यालयले जनतालाई यस्तो सल्लाह दिएको बताएको छ ।


भूकम्पपछि यस क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ । यस सम्बन्धमा जानकारी आउने क्रम जारी छ ।