सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
५ टोली सहभागी उक्त प्रतियोगितामा नेपाल एपिएफ क्लब, होङ्गान्जी न्यु डायमन्ड,नेपाल पुलिस क्लब र त्रिभुबन आर्मी क्लब सेमिफाईनल पुगेका हुन्।
बुधबारबाट सुरु यस प्रतियोगिताका दुवै सेमिफाईनल खेल भोली शुक्रबार हुनेछ।
दुई समुहमा बिभाजन गरिएको यस प्रतियोगिताको भोली हुने पहिलो सेमिफाईनल खेलमा बिहिबार दिउॅंसो १ बजे समुह ए बाट अपराजित रहदै सेमिफाईनलमा स्थान बनाएको होङ्गान्जी न्यु डायमन्ड र समुह बि मा समुह उपबिजेता बनेको विभागिय टोली नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुनेछ।
भोली नै हुने दोस्रो सेमिफाईनल खेलमा समुह बि को बिजेता टोली नेपाल एपिएफ क्लब र समुह ए को उपबिजेता टोली त्रिभुबन आर्मी क्लब बिच दिउॅंसो ३ बजे हुनेछ। दुवै खेल तामाकोशीमा हुनेछ।
प्रतियोगितामा ५ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा होङ्गान्जी न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र ढोरपाटन ट्रेनिङ सेन्टर छन् । त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब रहेका छन् । लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।