बैशाख ९, २०७८ बिहिबार

सुजल थापा/नवलपुर  : गत बैशाख ६ गतेदेखि सुरु भएको इन्द्रावती दोस्रो अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको छ । फाइनल खेलमा वडा नम्बर ३ लाई २-१ गोल अन्तरले हराउँदै उपाधि सँगै नगद १ लाख , ट्रफी मेडल, प्रमाण पत्र हात पारेको छ । 

पहिलोमा १-० गोलको अग्रता बनाएको वडा ५ ले दोस्रो हाफमा थप १ गोल गर्दै १ गोल खाएको थियो । यता उपविजेता बनेको वडा नम्बर ३ ले नगद ५० हजार , ट्रफी , मेडल प्रमाण पत्रमा चित्त बुझाउन बाध्य भयो ।  

यता यस प्रतियोगितामा तेस्रो भएको वडा नम्बरले १० नगद ३५ हजार , साथै सान्त्वना हुने १२ नम्बरले १५ हजार ट्रफी , मेडल, प्रमाण हात पारे ।


प्रतियोगिता कुन खेलाडीले के जिते?

- सर्वाधिक गोलकर्ता वडा नम्बर १२ का सुशील दनुवार 
- उत्कृष्ट गोलरक्षक वडा नम्बर ५ का मुकेश तामाङ 
- उत्कृष्ट डिफेन्स वडा नम्बर ३ का शुसान थापा
सर्वोत्कृष्ट खेलाडी वडा नम्बर ५ का राज कुमार तामाङ ,

त्यस्तै यस प्रतियोगिता राष्ट्रिय स्तरका कलाकार सरोज लामिछाने लगायतका थुप्रै कलाकारको उपस्थित थियो, साथै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा प्रमुख अतिथि रहेका थिए ।