मंसिर ६, २०७९ मंगलबार

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को डीडीए सम्पन्न भएको छ । दुवै बैंकको सञ्चालक समितिको बैठकले मर्जरपछि स्वाप रेसियो १ः१ को अनुपात कायम गर्ने निर्णय स्विकृत गरेको छ । 

असोज १० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदनसमेतको आधारमा संयुक्त मर्जर समितिले १:१ सेयर आदान प्रदान अनुपात Share Swap Ratio  निर्धारण गरी संचालक समितिको अनुमोदनको लागि सिफारिस गरे अनुरुप बैंकको संचालक समितिको मिति २०७९।८।१ मा बसेको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदान प्रदान अनुपात १स्१ कायम गर्ने गरी Share Swap Ratio  स्वीकृत गर्ने निर्णय गरेको हो ।

दुई बैंकबीच असोज १० गते, सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बास्तोलाले हस्ताक्षर गरेका थिए । मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।  मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने भएका छन् ।

सूचना हेर्नुहोस्:

637c5edc7be65.JPG