बैशाख १०, २०७८ शुक्रबार

 

सिन्धुपाल्चोक।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आज हुदै छ ।

५ टोली सहभागी उक्त प्रतियोगितामा नेपाल एपिएफ क्लब, होङ्गान्जी न्यु डायमन्ड,नेपाल पुलिस क्लब र त्रिभुबन आर्मी क्लब सेमिफाईनल पुगेका हुन्।

बुधबारबाट सुरु यस प्रतियोगिताका दुवै  सेमिफाईनल खेल आज (शुक्रबार) हुनेछन्। 

 

दुई समुहमा बिभाजन गरिएको यस प्रतियोगिताको आज हुने पहिलो सेमिफाईनल खेलमा  दिउॅंसो १ बजे समुह ए बाट अपराजित रहदै सेमिफाईनलमा स्थान बनाएको होङ्गान्जी न्यु डायमन्ड र समुह बि मा समुह उपबिजेता बनेको विभागिय टोली नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुनेछ।

 आज नै हुने दोस्रो सेमिफाईनल खेलमा समुह बि को बिजेता टोली नेपाल एपिएफ क्लब र समुह ए को उपबिजेता टोली त्रिभुबन आर्मी क्लब बिच दिउॅंसो ३ बजे हुनेछ। दुवै खेल तामाकोशीमा हुनेछ। 

प्रतियोगितामा ५ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा होङ्गान्जी न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र ढोरपाटन ट्रेनिङ सेन्टर रहेका थिए । त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब रहेका छन् । लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।