काठमाडौँ: कतार विश्वकप फूटबलमा समूह सी अन्तर्गत अर्जेन्टिना र साउदी अरेबियाबीचको खेल सुरु भएको छ । लुसेइल आइकोनिक स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु भएको हो ।
कतार विश्वकप फूटबलमा अर्जेन्टिनाले अग्रता लिएको छ । समूह सी अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् ।
खेल सुरु भएको १० मिनेटमै पाएको पेनाल्टीमा गोल गरेर मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।
अरेवियामाथि अर्जेन्टिनाले सहजै जित निकाल्ने अनुमान छ ।
अर्जेन्टिना कतार विश्वकप फूटबलको उपाधि दाबेदार टिम हो । यसअघि ब्राजिल विश्वकप फूटबलमा अर्जेन्टिना फाइनल पुगेर पनि उपाधि जित्नबाट चुकेको थियो ।