मंसिर ६, २०७९ मंगलबार

कार्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन बढेको हो ।

कार्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो रकम असोज मसान्तको तुलनामा १६ अर्बले बढेको हो । असोज मसान्तसम्म वाणिज्य बैंकहरूले ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

यता बैंकहरूको कर्जा प्रवाह थोरै बढेको छ । असोज मसान्तसम्म कुल ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा कार्तिक मसान्तसम्म आउँदा २ अर्ब बढेर ४२ खर्ब २२ अर्ब पुगेको छ ।

त्यसैगरी, कार्तिक मसान्तसम्म बैंकहरुको औसत सिडी रेसियो ८७।१९ प्रतिशत रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।