मंसिर ७, २०७९ बुधबार

काठमाडौँ । कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदै छन् । आज समूह ‘इ’ र ‘एफ’ को समान दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा गत संस्करणको उपविजेता क्रोएसियाले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।


खेल नेपाली सययअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । समूह ‘एफ’ अन्तर्गतकै अर्को खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ । यो खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

समूह ‘ई’ अन्तर्गत हुने खेलमा साँझ ६ः४५ बजे जर्मनीले जापान आफिफा विश्वकपमने सामने हुनेछन् । समूह ‘इ’ कै अर्को खेलमा राति ९ः४५ बजे स्पेन र कोस्टारिका भिड्दै छन् ।