नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ७ गते, बुधबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि मंसिर ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको कार्तिक १६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौँतीसौँ वार्षिक साधारण सभा मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।