राधी जलविद्युत कम्पनी लिमिटेडले कार्तिक २९ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको छ । यसअघि आज मंसिर ७ गतेसम्म भर्न पाइने भनिएकोमा चुनावको कारण ४ र ५ गते सार्वजनिक बिदा परेको हुनाले एक दिन म्याद थपिएको हो । अब भोलि मंसिर ८ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले असोज ५ गतेदेखि असोज २५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ५ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेको हो ।
प्रतिकित्ता मूल्य कति ?
उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
को हो बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।