मंसिर ७, २०७९ बुधबार

काठमाडौँ: कतार विश्वकप फूटबलमा मोरक्को र क्रोएसिया खेलिरहेका छन् । कतारको अलबायत रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।

मोरक्को उदीयमान टिम हो भने क्रोएसिया रसिया विश्वकपमा फाइनल पुगेको टिम हो । फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो ।