बैशाख १०, २०७८ शुक्रबार

केशव पन्त (सवितु:)

सनातन हिन्दू धर्मावलम्बी खसआर्य समुदायलाई फुटाइ कमजोर बनाउने उद्देश्यले केही संस्था र व्यक्तिहरूले सक्रियता बढाएको भन्दै ब्राह्मण समाज नेपालले ध्यानाकर्षण गराएको छ । राष्ट्रिय जनगणना २०७८ मा हिन्दूहरूको सङ्ख्या घटाउन स्वदेशी तथा विदेशी तत्वहरू मार्फत् प्रसारण गरिएका सूचना र विज्ञप्तिप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ( ूकेही समययता सुनियोजित तरिकाले केही स्वदेशी तथा विदेशी तत्वहरू मार्फत् सनातन हिन्दू धर्ममाथि प्रहारस्वरूप खस संस्कृतिमा आवद्ध ब्राह्मण, क्षेत्री, ठकुरी, दशनामी र दलितलगायतका समुदायलाई फुटाउने प्रयास गरिएको छ । सनातन धर्मसंस्कृति ध्वस्त पार्न खस र आर्य छुट्टै जाति हुन्, खसहरूको धर्म मष्ट र आर्यहरूको धर्म हिन्दु हो भन्ने खालका भ्रमपूर्ण सन्देश प्रसारण गरिएको छू ।

यसैगरी राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरी सनातन हिन्दू धर्मावलम्बीहरूको सङ्ख्या घटाउने उद्देश्यका साथ भ्रमपूर्ण सामग्री प्रसारण गरिएकामा यस्ता भ्रम र दुराशयका पछि नलागी मष्ट हाम्रा कुलदेवता हुन् र सनातन हिन्दू हाम्रो धर्म हो भन्ने कुरालाई आत्मसात् गरी जातीय सद्भाव, धार्मिक साँस्कृतिक एकता कायम राख्दै राष्ट्रिय जनगणना २०७८ मा सचेत रहन संस्थाका अध्यक्ष डा। नारायणप्रसाद अधिकारी र महासचिव ओम शर्मा चापागाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

‘मेरो गणना, मेरो सहभागिता’ नारासहित २०७८ जेठ २५ गतेदेखि असार ८ गते ९पन्ध्र दिन०मा देशभरि एकसाथ जनगणना हुनेछ ।