मंसिर ७, २०७९ बुधबार

कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा भएको खेलमा ४ पटकको विश्वकप विजेता जर्मनी जापानसँग २–१ बाट पराजित भएको छ।

खेलको ३३ औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा जर्मनीलाई अग्रता दिलाए।

तर खेलको दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो। ७५ औँ मिनेटमा जापानका रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काई हार्वेत्जले गोल गरे पनि अफसाइड भएको भन्दै रेफ्रीले मान्यता नदिएपछि जर्मनी अग्रता दोब्बर बनाउनबाट चुक्यो।

यसपछि तोकुमा आसानोले खेलको ८३औँ मिनेटमा दर्शनीय गोल गरी जापानको अग्रता दोब्बर पारे। उनले गोलपोस्टको छेउबाट निकै कठिन कोणबाट जर्मन गोलकिपर म्यानुअल नुएरलाई बिट गर्दै उनको टाउकोमाथिबाट पोस्टमा छिरेको थियो।