मंसिर ७, २०७९ बुधबार

बाजुरामा जिल्ला समन्वय समितिको कार्यालय तथा मुख्य निर्वाचन अधिकृत कार्यालयबाट सर्वदलीय बैठक सकेर फर्कने क्रममा आन्दोलनकारीले प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण गरेका छन्। 

मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपी, डिएसपी तथा सुरक्षा प्रमुखहरूमाथि आक्रमण भएको जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर बिष्टले बताए। 

अनेरास्ववियुका कार्यकताले प्रहरी, प्रशासनविरुद्ध नारा लागइरहेका बेला उनीहरूमाथि ढुङ्गा प्रहार भएको बिष्टले बताए। सुरक्षा निकायमाथि आक्रमण गर्नेको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ।