विश्वकप अन्तरगत समूह ई को बुधबार जारी खेलमा स्पेनले कोष्टारिकाविरुद्ध ३ गोल गरेको छ । पहिलो हाफको खेल चलिरहँदा स्पेनले ३ गोल गरेको हो ।
खेलको ११ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरे भने २१ औं मिनेटमा मार्कोले अर्को गोल थपे । यस्तै खेलको ३१ औं मिनेटमा स्पेनले पेनाल्टीबाट अर्को गोल थप्यो । डी बक्सभित्र स्पेनका खेलाडी कोइटारिकाका खेलाडीबाट लडाइएपछि स्पेनले पेनाल्टी पाएको थियो ।