काठमाण्डौ। विभागीय डर्बी भिडन्तमा त्रिभुवन आर्मी क्लबमाथि रोमान्चक जित निकाल्दै विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न दोस्रो सेमिफाईनल खेलमा आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लबले शनिबार हुने फाईनलमा होंगान्जी न्यु डायमन्डसॅंगको भेट निश्चित गरेको छ।
त्रिभुबन आर्मी क्लब ३०-२८,२५-२२,२५-१९ र २५-२३ को सेटमा पराजित भएको हो।
प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।