मंसिर ८, २०७९ बिहिबार

रौतहटको गौर नगरपालिका–१ स्थित कपास उद्योगमा बुधबार राति आगलागी हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ ।

गौर– १ का ९ वर्षीया रोक्साना खातुन, ५ वर्षीया सबिना खातुन र ७ वर्षीय इरमाश मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


यस्तै, आगलागीमा परी गौर–१ निबासी २५ वर्षीय मोहम्मद इसराईल र भारतीय ८ वर्षीय मोहम्मद ईरमाईन घाइते भएका छन् ।

आगलागीमा ४० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।