मंसिर ८, २०७९ बिहिबार

काठमाडौं: प्रतिनिधिसभाका ७१ सिटको नतिजा आएको छ। अब ९४ सिटको नतिजा आउन बाँकी छ। 

अहिलेसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले २६ सिट जितेको छ भने ३० सिटमा अग्रता लिइरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा विजयी बनिसकेका छन्। प्रधानमन्त्रीका दाबेदार गगन थापाले पनि जितेका छन्।

नेकपा एमालेले १५ सिट जितेको छ भने २९ सिटमा अग्रता लिइरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निर्वाचित भइसकेका छन्। बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पराजित भएका छन्। 

नेकपा माओवादी केन्द्रले ८ सिट जितेको छ भने ९ सिटमा अग्रता लिइरहेको छ। अध्यक्ष पुष्पकमल दाहालले जितेका छन् भने महासचिव देव गुरुङ लमजुङबाट पराजित भएका छन्।

नेकपा एकीकृत समाजवादीले ६ स्थानमा जितेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ। रौतहटबाट उठेका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले ६ सिट जितेको छ भने ३ सिटमा अग्रता लिइरहेको छ। पार्टीका अध्यक्ष रवि लामिछाने चितवन २ बाट विजयी भइसकेका छन्। 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २, जसपाले १, राष्ट्रिय जनमोर्चाले १, लोकतान्त्रिक समाजवादीले १, नेपाल मजदुर किसान पार्टीले १, जनमत पार्टीले १ र नागरिक उन्मुक्ति पार्टीले १ सिट जितेका छन्। 

बर्दियाबाट स्वतन्त्र उम्मेदवार एक जनाले जितेका छन्। अहिलेसम्मको नतिजा हेर्दा संसदमा १२ दलको उपस्थिति भइसकेको छ।

चुनावी नतिजा यस्तो छ–

नेपाली कांग्रेस

१. मुस्ताङ– योगेश शेरचन

२. मनाङ– टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल–

७. रसुवा– मोहन आचार्य–

८. ललितपुर १– उदयसमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेलधुरा– शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्र कुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा– रामहरि खतिवडा

१५. झापा १– विश्वप्रकाश शर्मा

१६. पर्सा १– अजयकुमार चौरसिया

१७. गोरखा १– राजेन्द्र बजगाई

१८. म्याग्दी– खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – बीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. भक्तपुर २- दुर्लभ थापा क्षेत्री

२४. दैलेख २- दिक्पाल कुमार शाही

२५. कञ्चनपुर २ – एनपी साउद

२६. तनहुँ १- रामचन्द्र पौडेल

नेकपा एमाले

१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२. काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ

३. ललितपुर २– प्रेमबहादुर महर्जन

४. गुल्मी २ - गोकर्ण विष्ट

५‍‍ .झापा २– देवराज घिमिरे

६. झापा ५– केपी शर्मा ओली

७. ताप्लेजुङ– योगेश भट्टराई

८. पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची– टोपबहादुर रायमाझी

१०. प्युठान– सूर्य थापा

११. मकवानपुर २– महेश कुमार बर्तौला

१२. कास्की २– विद्या भट्टराई

१३. पर्वत – पदम गिरी

१४. लमजुङ- पृथ्वी सुब्बा गुरुङ

१५. रुपन्देही ५- बासुदेव घिमिरे

नेकपा (माओवादी केन्द्र)

१. सिन्धुली २- लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट- शक्तिबहादुर बस्नेत

७. गोरखा २ – पुष्पकमल दाहाल

८‍. दाङ २ रेखा शर्मा 

नेकपा एकीकृत समाजवादी

१. अछाम १ – शेरबहादुर कुँवर

२. बारा ४– कृष्णकुमार श्रेष्ठ

३. दैलेख १ – अमरबहादुर थापा

४. सल्यान – प्रकाश ज्वाला

५. डोटी– प्रेमबहादुर आले

६. बझाङ– भानुभक्त जोशी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ

३. काठमाडौं २– सोबिता गौतम

४. काठमाडौं ६ – शिशिर खनाल

५. ललितपुर ३ - तोसिमा कार्की

६‍. चितवन २- रवि लामिछाने

राष्ट्रिय प्रजातन्त्र पार्टी–

१. बाँके २ – धवलसमशेर जबरा

२. जुम्ला - ज्ञानबहादुर शाही

जनता समाजवादी पार्टी

१। पर्सा १ – प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली १– गंगाराम चौधरी

जनमत पार्टी

१. सप्तरी २- सिके राउत

राष्ट्रिय जनमोर्चा

बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

भक्तपुर १– प्रेम सुवाल

स्वतन्त्र

१. बर्दिया २– लालवीर चौधरी