मंसिर ८, २०७९ बिहिबार

काठमाडौँ । ब्राजिलले आज समूह ‘जी’ मा सर्वियाविरुद्ध खेल्दै छ । यो विश्वकपको प्रमुख दाबेदार मानिएको ब्राजिल पाँच पटक विश्वविजेता रहे पनि सन् २००२ यता फाइनल पुग्न सकेको छैन ।

सन् २०१४ मा आफ्नै भूमिमा आयोजित विश्वकपको सेमिफाइनलमा पुगेको ब्राजिल त्यसबेला जर्मनीसँग ७–१ को लज्जास्पद नतिजामा पराजित भएको थियो । पछिल्लो संस्करणको क्वार्टरफाइनलसम्म पुगेको ब्राजिल त्यहाँ पनि बेल्जियमसँग पराजित भएको थियो ।

ब्राजिल विश्वकपको पहिलो संस्करणदेखि हालसम्मका सबै संस्करण खेल्ने एकमात्र टिम हो । टिटेको प्रशिक्षणमा रहेको ब्राजिल विश्वकपको समूह चरणका पछिल्लो १५ खेलमा हार बेहोरेको छैन । ब्राजिल सन् १९८२ यता समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।

तुलनात्मक रुपमा सर्वियालाई भने समूह ‘जी’ को कमजोर टिमको रूपमा लिइएको छ । सर्वियाले विश्वकपको पछिल्लो तीन संस्करणमा समूह चरण पार गर्न सकेको छैन । तर, विश्वकपको छनोटमा आठ खेलमा अपराजित रहँदै कतार आएको सर्विया ब्राजिलका लागि सहज प्रतिद्वन्द्वी नहुने पक्का छ ।

विश्वकपको पछिल्लो संस्करणमा पनि ब्राजिल र सर्विया एकै समूहमा थिए । जहाँ ब्राजिलले सर्वियालाई २० ले पराजित गरेको थियो ।