मलेसियाको प्रधानमन्त्रीमा विपक्षी नेता अनवर इब्राहिम नियुक्त भएका छन् । अनिर्णित चुनावपछिको एक दिन लामो राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले उनको नाम अनुमोदन भएको थियो। । दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘मलेसियाका प्रशासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी शअनवर इब्राहिमलाई मलेसियाको १० औं प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिइएको छ।’
मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले जारी राजनीतिक गतिरोध तोड्नका लागि दुई प्रतिद्वन्द्वीलाई बोलाएका थिए ।