मंसिर ८, २०७९ बिहिबार

पाकिस्तानको नयाँ सेना प्रमुख (सीओएएस) का रूपमा लेफ्टिनेन्ट जनरल असिम मुनीर बिहीबार नियुक्त भएका छन् । गत हप्तादेखिको विभिन्न अनुमानका बीच आज उनको नियुक्ति भएको हो ।  

‘पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले संवैधानिक अधिकार प्रयोग गर्दै लेफ्टिनेन्ट जनरल साहिर शमशाद मिर्जालाई संयुक्त चिफ अफ स्टाफको अध्यक्ष र लेफ्टिनेन्ट जनरल सैयद असिम मुनीरलाई सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेका छन्’ पाकिस्तानी सूचनामन्त्री मरियम औरंगजेबले ट्वीट गरेकी छिन् ।