मंसिर ८, २०७९ बिहिबार

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सनराइज बैंकबीच व्यावसायिक सम्झौता भएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयामपश्चात् सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सनराइज स्मार्ट  प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सकिने जनाइएको छ । 


उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन् ।