मंसिर ८, २०७९ बिहिबार

काठमाडौं । थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ९० जनामा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ३० जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४५ पुगेको छ ।