मंसिर ८, २०७९ बिहिबार

एजेन्सी । सन् २०२४ का लागि र्‍यापर कान्ये वेस्टले अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् । सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धीका रूपमा होऊन् भन्ने चाहना पनि उनले राखेका छन् । साथै ट्रम्पले पनि सन् २०२४ को राष्ट्रपति चुनावका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । वेस्टले यसअघि सन् २०२० मा अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने प्रयास गरेका थिए ।