मंसिर ८, २०७९ बिहिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एसिड आक्रमण पीडितको उपचारका लागि निःशुल्क उपचार हुने चार अस्पताल तोकेको छ ।


सरकारले काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ललितपुरको पाटन अस्पताल र कीर्तिपुरको अस्पताललाई डेडिकेटेड अस्पतालका रूपमा तोकेको हो ।

देशका जुनसुकै स्थानका एसिड पीडितहरूले राजधानीका यी चार अस्पतालमा निःशुल्क उपचार गर्न सक्ने मन्त्रालयले जनाएको छ ।