मंसिर ८, २०७९ बिहिबार

चितवन – चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डेले झण्डै ८ मतान्तरसहित अग्रता बनाउनुभएको छ ।

उहाँले माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई ७ हजार ७ सय २४ मतले पछि पार्दै अग्रता बनाउनुभएको हो ।

उहाँले अहिलेसम्म २० हजार ४६६ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका अधिकारीले १२ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले ९ हजार ९ सय ५५ मत ल्याउनुभएको छ ।