बैशाख ११, २०७८ शनिबार

काठमाडौं : नेपाली फुटबल इतिहासमै पहिलो पटक  सुरु हुन गईरहेको बहुप्रतिक्षित फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच रोमाञ्चक भिडन्त हुदैछ । 

उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शनिबार) साँझ ५:३० बजेबाट सुरु हुनेछ । आज पहिलो दिन एक खेल हुनेछ , भने भोलि देखि दुई खेल हुनेछ ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको मुख्य आयोजनामा तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग हुन लागेको यस प्रतियोगितामा कुल ७ टोलि सहभागी रहेका छन् । त्यस्तै यस प्रतियोगिताको विजेताले टोलीले ३५ लाख पुरस्कार पाउनेछन् । 

त्यस्तै उपविजेताले भने १५ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही १/१ लाख हात पार्नेछन् । त्यसैगरी आयोजकले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने एकजना उदीयमान खेलाडीलाई पनि पुरस्कृत गर्ने बताएको छ । यसको पुरस्कार राशीबारे भने  खुलाएको छैन । त्यस्तै प्रत्येक खेलाा म्यान अफ दि म्याचलाई २५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको एक जना इमर्जिङ प्लेयरलाई पनि १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सुपर लिगका सबै खेलहरु दशरथ रंगशालामा हुने यसअघि नै आयोजकले बताइसकेको छ । साथै हाल देशमा बढ्दो कोरोना संक्रमणको जोखिमका कारण सुपर लिगका सबै खेलहरु दर्शक बिना नै खाली रंगशालामा खेलाइने भएको छ ।