विश्वकप फुटबलमा क्यामरुनलाई पराजित गर्दै स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ। शुक्रवार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले पहिलो खेलमा जित हात पारेको हो।
खेलको ४८ औँ मिनेटमा ब्रिल इम्बोलेले गोल गर्दै स्विट्जरल्याण्डलाई जित दिलाएका हुन्। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको त्यो गोल नै निर्णायक बन्यो।
जितसँगै समूह जी मा रहेको स्विट्जरल्याण्डको अघिल्लो यात्रा सहज बनेको छ। यो समूहमा यी दुई टोलीसँगै ब्राजिल र सर्विया छन्। ब्राजिल र सर्विया पहिलो खेलमा शुक्रवार राति भिड्दै छन्।