काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको आयोजनामा गत बैशाख ४ देखि सुरु भएको त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १:१५ बजेबाट सुरु हुनेछ । त्यस्तै आजको खेलमा नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्याण्डको पिटर शिलारले गर्ने छन् ।
यसअघि लिगको पहिलो खेलमा नेपाल ९ विकेट विजयी भएको थियो , भने दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । त्यस्तै आजको खेलमा सहज जित निकाल्दै उपाधि घरेलु मैदानमै राख्ने योजनामा नेपाल रहेको छ ।