काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको आयोजनामा गत बैशाख ४ देखि सुरु भएको त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर नेपालले पहिलो ब्याटिङको निम्तो पाएको छ । नेदरल्याण्डका कप्तान पिटर शिलारले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
त्यस्तै आजको खेलमा नेपालका लागि यस्तो छ सुरुवाती ११- ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने र कमलसिंह ऐरी ।
यसअघि लिगको पहिलो खेलमा नेपाल ९ विकेट विजयी भएको थियो , भने दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । त्यस्तै आजको खेलमा सहज जित निकाल्दै उपाधि घरेलु मैदानमै राख्ने योजनामा नेपाल रहेको छ ।