अनेरास्ववियु बाजुराले आन्दोलन फिर्ता लिएको छ । अनेरास्ववियु बाजुराका विद्यार्थी नेता चेतन अएडीको हत्या प्रकरणमा संलग्नलाई पक्राउको मागसहित आन्दोलनरत अनेरास्ववियु बाजुराले गरिरहेको आन्दोलन फिर्ता लिएको विज्ञप्तिमार्फत जनाएको हो । शान्तिपूर्ण आन्दोलनबाहेक अन्य बजार, यातायात कार्यालय सबै बन्द नगरिने जारी विज्ञप्तिमा भनिएको छ ।
यहि मंसिर ५ गते देखि बाजुरा बन्दको आह्वन गरेको अनेरास्ववियु बाजुराले आज शुक्रबारदेखि आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिएको विज्ञप्तिमा भनिएको छ । तर विद्यार्थी नेता अएडीका हत्यारालाई कानूनी दायरामा नल्याउन्जेसम्म शान्तिपूर्ण आन्दोलन भने जारी राख्ने अनेरास्ववियु बाजुराका सचिव हिक्मतबहादुर रोकायाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।