मंसिर ९, २०७९ शुक्रबार

स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना हुन सकेको छैन । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सकिएको आज शुक्रबार ५ दिन पूरा भइसकेको भए पनि मतगणना भने सु्रु भएको छैन । 

नेकपा एमालेले चापाको नगरपालिका वडा नम्बर ३, ४ र ५ बुथ कब्जा भएको भन्दै सोमबारदेखि पुनः मतदानको मागसहित धर्नामा बसेको छ । यता नेपाली कांग्रेसले भने तत्काल मतगणना सुचारु गर्न माग गर्दै मंगलबारदेखि धर्ना दिइरहेको छ।


क्षेत्र नम्बर २ वालिङ नगरपालिकामा रहेको निर्वाचन कार्यलयले भने माथिबाट केही आदेश आएको छैन भन्दै यहाँबाट केही थप निर्णय गर्न नमिल्ने जनाएको छ। त्यस्तै स्याङ्जा क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुगेको छ ।