काठमाडौं ! गत बैशाख ४ देखि सुरु भएको त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको घुमाउदै २३८ रन बनाएको थियो ।
नेपालका लागि युवा ब्याट्स म्यान तथा ओपनर कुशल भुर्तेलले ७७ रनको शानदार अर्धशतकी इन्निङ खेलेका थिए । उनले कुल ५३ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतमा ७७ रन बनाएका थिए । यता कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन बनाएका थिए । उनले जसमा ३ छक्का र २ चौका प्रहार गरे । उनी स्पिनर फिलिपे बोइससेवेनको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका हुन । त्यस्तै यता युवा ब्याट्स म्यान आसिफ शेख ८ बलमा १६ रन बनाउँदै लङअफमा पाउल भान मिकेरेनले उत्कृष्ट क्याच भएका थिए ।
त्यस्तै कुशल मल्ल २४ बलमा ५० रन र उपकप्तान दिपेन्द्र सिहं एैरि १८ बलमा ४८ रनमा नटआउट रहे ।
यता नेदरल्याण्डका फिलिपे बोइससेवेन ४ ओभरमा ४३ रन खर्चिदै २ विकेट लिए , सेबस्टियान ब्राटले १ विकेट लिए ।
त्यस्तै नेपालले टी२० अन्तराष्ट्रिय क्रिकेटमा विपक्षी टिमलाई दिएको २३९ रनको यो कीर्तिमानी लक्ष्य हो ।
यस अघि टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो । नेपालमा आयोजना भएको १३ औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो ।