काठमाडौं : गत बैशाख ४ देखि सुरु भएको त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा घरेलु टोली नेपालले नेदरल्याण्डमाथि १४२ रनको शानदार जित निकालेको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको घुमाउदै २३८ रन बनाएपछि , २३९ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड १७.२ ओभरमा अलआउट हुँदै ९६ रनमा समेटियो ।
नेदरल्याण्डका ब्याट्स म्यानले नेपाली बलर सामु खुलेर ब्याटिङ गर्न सकेनन् । नेदरल्याण्डका सेबस्टियान ब्राटले सर्वाधिक २६ र तथा म्याक्स ओडिवले २० रन वाहक अन्य कुनै ब्याट्स म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
यता नेपालका लागि करण केसी ३, सन्दिप लामिछाने २ , कमल सिहं एैरिले २ तथा अभिनाष बोहराले १ विकेट लिए । त्यस्तै नेदरल्याण्डका २ ब्याट्स म्यान रन आउट भएका थिए । नेपालका लागि कुशल भुर्तेलले बास डी लिडलाई शुन्य रनमा रनआउट गराए । त्यस्तै आसिफ शेखले टोबियस भिसेलाई २ रन रनआउट गरेका थिए ।
त्यसअघि नेपालले युवा ब्याट्स म्यान तथा ओपनर कुशल भुर्तेलले, अल राउन्डर कुशल मल्ल र उपकप्तान दिपेन्द्रको शानदार ब्याटिङमा २३८ रन बनाएका थियो । भुर्तेलले ७७ रनको शानदार अर्धशतकी इन्निङ खेलेका थिए । उनले कुल ५३ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतमा ७७ रन बनाएका थिए । त्यस्तै कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा नटआउट ५० रनको अर्धशतक पुरा गरे । यता उपकप्तान दिपेन्द्रले १८ बलमा ५ चौका र ३ छक्कासहि ४८ रनमा नटआउट रहे ।
त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन बनाएका थिए । उनले जसमा ३ छक्का र २ चौका प्रहार गरे । उनी स्पिनर फिलिपे बोइससेवेनको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका हुन । त्यस्तै यता युवा ब्याट्स म्यान आसिफ शेख ८ बलमा १६ रन बनाउँदै लङअफमा पाउल भान मिकेरेनले उत्कृष्ट क्याच भएका थिए ।
यता नेदरल्याण्डका फिलिपे बोइससेवेन ४ ओभरमा ४३ रन खर्चिदै २ विकेट लिए , सेबस्टियान ब्राटले १ विकेट लिए ।
त्यस्तै नेपालले टी२० अन्तराष्ट्रिय क्रिकेटमा विपक्षी टिमलाई दिएको २३९ रनको यो कीर्तिमानी लक्ष्य हो । यस अघि टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो । नेपालमा आयोजना भएको १३ औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो ।यस्तै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । नेपालले यस अघि सन् २०१० मा आईसीसी डिभिजन-५ को उपाधि जितेको थियो ।