मंसिर ९, २०७९ शुक्रबार

ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई मंसिर १५ गतेदेखि अनिवार्य रुपमा एक घण्टाको सचेतना कक्षा दिने भएको छ । 


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रवार पत्रकार भेटघाट कार्यक्रम गर्दै सो कुराको जानकारी दिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारी साधन चलाउनेहरुलाई ट्राफिक नियमअनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षामा सहभागी भएपछि मात्रै छोडिने बताए । उनले उपत्यकामा हुने धेरै सवारी दुर्घटनाहरु तीव्र गतिका कारण हुने गरेको भन्दै सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि सचेतना कक्षा दिनुपर्ने आवश्यकता रहेको बताए ।