मंसिर ९, २०७९ शुक्रबार

झापा गाउँपालिका–६ बस्ने २८ वर्षीय वीरेन्द्र श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले १ केजी ५ सय ग्राम गाँजासहित पक्राउ गरेको छ ।  

कनकाई नगरपालिका – १ स्थित सडकमा मे ११ प २००३ नम्बरको मोटरसाइकल र प्र. १– ०१–०१३ प १६८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्‍कर खाइ दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले प्र–१–०१ (.०१३ प १६८६ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लुकाइ प्लाष्टिकको झोलामा ल्याएको उक्त परिमाणको गाँजा फेला पारी उक्त मोटरसाइकलका चालक वीरेन्द्रलाई पक्राउ गरेको  थियो ।


दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।