काठमाण्डौ। विभागीय टिम नेपाल एपीएफ क्लबले सिन्धुपाल्चोकको तातोपानीमा आज सम्पन्न भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनल खेलमा न्यु डायमण्डलाई ३-० को सोझो सेटमा पराजित गरि उपाधी जित्न सफल भयो।
नेपाल एपिएफ क्लबले शनिबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डलाई २५-१६, २५-२२ र २५-१४ को सेटमा पराजित गर्यो । एपीएफ क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी सरस्वती चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनिन् ।
नेपाल एपिएफ क्लबले उपाधी सहित नगद ३ लाख जित्न सफल रह्यो। आज नै भएको तेस्रो स्थानको खेलमा विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरि त्रिभुबन आर्मी तेस्रो भयो।
प्रतियोगितामा कुन कुन खेलाडी उत्कृष्ट रहे
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सरस्वती चौधरी (नेपाल एपिएफ क्लब)
प्रतियोगिताको उत्कृष्ट सर्भर प्रतिभा माली(न्यु डायमण्ड)
उत्कृष्ट स्पाइकर शान्ति थारु(त्रिभुवन आर्मी)
उत्कृष्ट ब्लकर सुनिता खड्का(त्रिभुबन आर्मी)
उत्कृष्ट लिबेरो सलिना श्रेष्ठ(न्यु डायमण्ड)
उत्कृष्ट प्रशिक्षक महेश चौधरी(नेपाल एपिएफ क्लब)
उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिवेरो, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ७–७ हजार प्राप्त गरे ।
भोटेकोशी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा तीन विभागीयसहित ५ टिमको सहभागिता रहेको थियो ।