काठमाडौं : पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।
काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ६६औं मिनेटमा ओलुमोउले गोल गरेका थिए । ओलुमोउले गोल गरेकाे जुन गोल खेलको निर्णायक गोल बन्यो ।
उक्त जितसँग काठमाडौं रेजर्स शीर्ष स्थानमा रहेको छ । यता पराजित ललितपुर एफसी सिटी भने पूछारमा रहेको छ । त्यस्तै भोलो दुई खेल हुनेछ । जसमा पहिलो खेल विराटनगर एफसी र एफसी धनगढीबीच दिउँसो २:३० बजे तथा, पोखरा थर्डस र बुटवल लुम्बिनी फुटबल क्लबबीच साँझ ५:३० बजे हुनेछन् ।