हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान देशका धेरैजसो स्थानहरुमा आँशिक बदली रहनेछ । प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ।
आज रातमा भने देशका पहाडी भू(भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेकोले साँझपख सतर्कता अपनाउन पूर्वानुमान महाशाखाको अनुरोध छ ।