मंसिर ९, २०७९ शुक्रबार

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्प्सनबीच भेटवार्ता भएको छ।

भेटका लागि राजदूत थम्प्सन शक्रबार सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हल्चोकमा पुगेका थिए। भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो।

यो भेटवार्ताले दुई देशबीच रहेको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास सशस्त्र प्रहरी बल मुख्यालयले लिएको छ।