नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यसअघि नै नियम विपरित सञ्चालक नियुक्ति गरेको थियो । फेरि हिजो भएको २२औं वार्षिक साधारण सभाबाट पनि सञ्चालक समितिमा साधारण शेयरधनीको समानुपातिक नेतृत्वबाट वञ्चित गराई दिएको छ ।
कम्पनीको २१औँ वार्षिक साधारण सभाबाट नै कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५१:४९ कायम भएको थियो । तर हिजोको २२औं वार्षिक साधारण सभामा सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको समेत संख्या थप्ने र संस्थापक समूहको सञ्चालक संख्या कटौती गर्ने सम्बन्धी प्रस्ताव पेश नै नगरेर कम्पनीको सञ्चाल समितिको बैठकले फेरि अर्को बठ्याई गर्यो ।
नेपाल लाईफका दुई संचालकको अवैध नियुक्ति भएको सम्बन्धमा नेप्सेले लेख्यो बिमा प्राधिकरण र धितोपत्र बोर्डलाई पत्र
बिहीबार सम्पन्न भएको सभामा सेयरधनीहरूले ५१ः४९ को अनुपात कायम गर्न अनुरोध गरेका भएपनि कम्पनीले भने प्रस्तावव पेश गर्न गणपुरक संख्या नपुगेको कारण देखाउँदै सो प्रस्ताव अर्को साधारण सभामा अघि बढाउने निर्णय गर्यो ।
कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ, 'सभामा, शेयरधनीबाट गत २१औं वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५१:४९ कायम भैसकेकोले सञ्चालक समिति गठनमा पनि सोही बमोजिमको अनुपात कायम गर्नका लागि अनुरोध भएकोमा छलफल हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ (क) बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारण सभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपुरक संख्या नपुगेकोले यस वार्षिक साधारण सभामा उक्त विषयलाई विशेष प्रस्तावका रुपमा स्वीकार गर्न नसकिएको परिस्थितिलाई आत्मसाथ गरि आगामी वार्षिक साधारण सभामा सो विषयलाई अगाडि बढाइने कुरा जानकारी गराइयो ।'
यसअघि पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालकको अवैध नियुक्ति भएको सम्बन्धमा आवश्यक काम कारबाही गर्न नियामक निकाय बीमा प्राधिकरण र धितोपत्र बोर्डलाई पत्राचार गरिसकेको छ। केही सेयरधनीहरुले नेपाल लाईफको सञ्चालक समितिका कमलेश अग्रवाल र पारुल ढकालको नियुक्ति नियम संगत नभएको भन्दै अर्थ मन्त्रालय तथा अन्य नियामक निकायमा निवेदन दिएका थिए ।निवेदनको प्रतिकृया जनाउँदै कारवाही प्रकृया अघि बढाउनको लागी पत्राचार गरेको हो ।
नेपाल लाईफ इन्स्योरेन्सले धितोपत्र बोर्ड र बीमा प्राधिकरणको निर्देशिकालाई धज्जी उडाउँदै गर्यो संचालक नियुक्ति
कम्पनीको निरन्तर अवैध कार्यहरू विरूद्ध नियामक निकाय बीमा प्राधीकरणले कारबाहीका लागि के गर्दैछ भन्ने कुरा बुझ्न हामीले बीमा प्राधीकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसँग कुरा गर्यौँ । अर्थ संसारसँगको कुराकानीमा उनले कम्पनीले नियम तोडेको भए कारबाही गरिने बताए । उनले भने, 'हामीकहाँ अहिलेसम्म कुनै उजुरी प्राप्त भएको छैन । यदि कम्पनीले त्यस्तो गरेको भए हामी कम्पनीसँग किन त्यस्तो गरिएको हो स्पष्टिकरण सोध्नेछौँ । अनि सोही अनुसार कारबाही प्रकृया अघि बढ्नेछ ।'