फागुन १०, २०७७ सोमबार


काठमाण्डौ ।
मोफसलको सफल फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको प्रत्यक्ष प्रशारण देखापढी मा हुने भएको छ ।

आज देखापढी र आयोजक सहारा क्लब बिचमा एक वर्षको सम्झौता भएको हो । 
प्रतियोगिता आगामी चैत १७ देखि २८ गते सम्म पोखरामा हुनेछ ।यो संस्करण १९ औं संस्करण हो ।

मनाङ मस्र्याङ्दी क्लब गत संस्करणको बिजेता हो ।प्रतयिोगितामा विदेशी क्लब सहित १२ टोलीको सहभागिता रहने छ ।यस संकरणको पुरस्कार राशी सार्वजनिक नगरिए प िनगत संस्करणको बिजेताले १० लाख १ हजार प्राप्त गरेको थियो ।प्रतियोगिता संचालनका लागि १ करोड १ लाख रहने बताइएको छ ।

क्याराभान गोल्डकपका नामले २० वर्ष अघि शुरु यस प्रतियोगिताले बेग्लै छवि बनाएको छ ।