बैशाख १२, २०७८ आइतबार

एजेन्सी : साविकको विजेता पेरिस सेन्टर जर्मन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा मेट्जलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

शनिबार राति मेट्जको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीको जितमा स्टार फरवार्ड केलियन एमबाप्पेले २ तथा माउरो इकार्डीले १ गोल गरे । यता घरेलु टोलीको लागि फाबियन सेन्टोन्जेले १ गोल गरे

जारी खेलको तेस्रो मिनेटमै एमबाप्पेको गोलबाट अग्रता बनाएको पिएसजीले पहिलो हाफभरि १-०  गोलको अग्रता बनाएको थियो । भने दोस्रो हाफमा २ गोल गर्दा १ गोल खान पुगेको थियो ।

उक्त जितसँगै पिएसजी शीर्ष स्थानमा उक्लिएको छ । उसको ३४ खेलबाट ७२ अंक रहेको छ । त्यस्तै यता पराजित मेट्जको भने समान खेलबाट ४३ अंकसहित तालिकाको १०औं स्थानमा रहेको छ।