मंसिर ११, २०७९ आइतबार

काठमाडौं । उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो लक्ष्य देशलाई आणविक शक्तिमा विश्वको सबैभन्दा बलियो देश बनाउने बताएका छन् ।

ह्वासङ सेभेन्टिन क्षेप्यास्त्रको सफल प्रक्षेपणमा सैनिक अधिकारीहरूको बढुवा गर्ने आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै नेता किमले यस्तो घोषणा गरेका हुन् । उत्तर कोरियाली जनताको गरिमा र देशको सार्वभौमिकता रक्षाका लागि आणविक हतियार विकास गरिरहेको उनले बताए ।