मंसिर ११, २०७९ आइतबार

काठमाडौं । इटलीमा भारी वर्षापछि आएको बाढी र पहिरोले पुरिँदा थुप्रै मानिसको मृत्यु भएको छ ।

सोही बाढी र पहिरोका कारण ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको आशंका समेत गरिएको हो । इटलीको नेपल्स नजिकै इस्चिया टापु वरिपरीका घरहरु पुरिएको र बगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बाढी बस्तीसम्म प्रवेश गर्दा सयौं सवारी साधनहरू समेत डुबेका छन् ।


साथै ठाउँ(ठाउँका रूखहरू समेत ढलेका छन् । जसका कारण त्यहाँको जनजीवन अस्तब्यस्त भएको छ । बेपत्ताहरु भग्नावशेषमा पुरिएको हुनसक्ने आशंकामा सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ । गत साता इस्चिया टापुमा केही दिनदेखि जारी भारी वर्षाका कारण २ जनाको मृत्यु भएको थियो ।

भारी वर्षा केही दिन जारी रहने भन्दै इटली सरकारले सर्वसाधारणलाई सुरक्षित रहन समेत अपील गरेको छ ।