मंसिर ११, २०७९ आइतबार

काठमाडौं । युक्रेनका ६० लाख जनता बिजुलीबिहीन अवस्थामा अध्यारोमा बस्न बाध्य भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता रुसी मिसाइल हमलापछि ६० लाख युक्रेनीका घरमा अझै बिजुली आपूर्ति हुन नसकेको बताए । चिसो बढेको बेला बिजुली, ग्याँस र हिटरबिना बाँच्न बाध्य हुँदा युक्रेनी जनता थप मारमा परेको उनको भनाइ छ ।