बैशाख १२, २०७८ आइतबार

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा  साविको विजेता रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा घरेलु टोलि रियल बेटिस सँग रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको हो । तुलनात्मक रुपमा मड्रिडले बेटिसको भन्दा बल पोजिसनमा पकड जमाए ता पनि गोल भने गर्न सकेन ।

उक्त बराबरी सँगै रियल शीर्ष स्थानमा उक्लने अवसर घुमाएको छ । रियलले ३३ खेलबाट ७१ अंक पुगेको छ । यदि बिहान सम्पन्न खेलमा रियल विजयी भएको भए ऊ ला लिगाको शीर्ष स्थानमा उक्लने थियो । शीर्ष स्थानमा एथ्लेटिको मड्रिड सँग अंक बराबरी हुँदै गोल अन्तरको आधारमा रियल शीर्ष स्थानमा उक्लने थियो । एथ्लेटिको ३२ खेलबाट ७३ अंकसहित शीर्ष स्थानमा रहेको छ । यता बेटिस भने ३३ खेलबाट ५० अंकसहित छैटौं स्थानमा रहेको छ ।