काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको आह्वानमा लाखौं मानिस सडकमा उत्रिएका छन् ।
गत महिना आफूमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएपछि पहिलो पटक खानले सरकारविरुद्ध लङ मार्च आह्वान गर्दै समर्थकहरूलाई सडकमा उत्रन आह्वान गरेका हुन् । रावलपिण्डी शहरमा मात्रै लाखौं मानिस उनको समर्थनमा उत्रिएका छन् ।
सडकमा उत्रिएका मानिसहरुले खानको पक्षमा नारा लगाएका थिए । भीडलाई सम्बोधन गर्दै खानले सरकारले जनतालाई त्रासमा राखेर आफ्नो सत्ता जोगाइरहेको आरोप लगाए ।