मंसिर ११, २०७९ आइतबार

भारत–पाकिस्तान सीमामा रहेको डोके गाउँमा भारतीय सीमा सुरक्षा बलका जवानहरूले एक ड्रोनलाई गोली हानेर खसालेका छन्। बीएसएफको दाबी छ, उक्त ड्रोन पञ्जाबको अमृतसर क्षेत्रमा पाकिस्तानबाट भारतमा प्रवेश गरेको हो।

 
बीएसएफका अनुसार भारत–पाकिस्तान सीमामा एक संदिग्ध ड्रोन उडेको आवाज सुनिएको थियो। जसलाई बीएसएफका जवानहरूले गोली हानेर खसालेका थिए। घटनापछि पुरै क्षेत्रलाई घेराबन्दी गरेर प्रहरी र सम्बन्धित एजेन्सीलाई यसबारे जानकारी दिइएको थियो।