मंसिर ११, २०७९ आइतबार

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।


तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रूपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार स्थिर रहेर १ हजार २९५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।